काठमाडौं, साउन ३ । सूचना तथा सञ्चारमन्त्री गोकल बाँस्कोटाले गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँचजना श्रीलंकन नागरिकलाई दुई लाख५० हजार रुपैयाँ जरिबाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निष्कासन गर्ने निर्णय गरिएको बताएका छन्।
मन्त्रपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन। अवैध रूपमा नेपाल बसिरहेका ती नागरिकलाई श्रीलंका सरकारको आग्रहमा जरिवाना मिनाह गरी निष्काषण गर्ने निर्णय गरेको हो।
अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार श्रीलंका सरकारले नेपाल सरकारलाई ती व्यक्तिको जरिवाना मिनाह गर्न अनुरोध गरेको थियो।