Logo

नुहाउने क्रममा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु



काठमाडौं, साउन ६ । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर दाङका तीन किशोरीको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा रहको पोखरीमा नहाउने क्रममा तीनै जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी गराउदै तीनै जनाको  उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्