Logo

पाँच प्रदेशमा समाजवादीको एकीकरण



काठमाडौं १२ साउन । समाजवादी पार्टीले ५ प्रदेशको प्रादेशिक संरचनाको एकीकरण प्रक्रिया टुंग्याएको छ । प्रदेश १ र ३ को समायोजन साउन २२ गतेभित्र टुंग्याउने समाजवादीले जनाएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच गत वैशाखमा एकीकरण भएपछि केन्द्रीय कार्यसमितिबाहेकका संरचना समायोजन भएको थिएन । शनिबार बसेको पदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनलाई चुस्त बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने कार्य भइरहेको बताए ।

समाजवादीका २५ पदाधिकारीमध्ये तत्कालीन नयाँ शक्तिका तर्फबाट भक्तबहादुर शाहलाई सचिवमा मनोनयन गरिएको छ । यसअघि २२ पदाधिकारीको मात्रै घोषणा भएको थियो । बाँकी दुई सचिव तत्कालीन संघीय समाजवादीबाट पछि नियुक्त हुने जनाइएको छ । बैठकले पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हेमराज राई र उपप्रमुखमा पीताम्बर खतिवडालाई मनोनयन गरेको छ । त्यस्तै प्रचार विभाग प्रमुखमा सिंह, कार्यालय व्यवस्थापनमा प्रकाश अधिकारी र आर्थिक विभागमा विजय यादवलाई मनोनयन गरिएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्