Logo

अर्ब भारु कमाइसकेको केजिएफको सिक्वलको फस्ट लुक



काठमाडौं, साउन १२ । भारतीय वक्सअफिसमा शाहरूख खानको ‘जिरो’लाई टक्कर दिदैं सय करोड भारूको कमाइ गर्न सफल सिनेमा ‘केजिएफ’ले आफ्नो दोश्रो तथा अन्तिम सिक्वलको फस्ट लुक सार्वजनिक गरेको छ।

सिनेमाले खलनायकको फस्ट लुक सार्वजनिक गरेको हो तर उक्त फस्ट लुकमा खलनायकको अनुहार भने देखाइएको छैनन्।सिनेमा रहने ‘अधिरा’ पात्रको कस्सिएको मुठ्ठीमात्र ‘फस्ट लुक’मा देखाइएको छ।

खबरका अनुसार सिनेमामा संजय दत्त खलनायक बन्नेछन्। ट्विटरबाट फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाका निर्माताहरूले सिनेमा नयाँ खलनायक हुने संकेत गरेका हुन्। निर्माणपक्ष ती कलाकारलाई सोमबार सार्वजनिक गर्ने तयारीमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्