काठमाडौँ । बार्सलोनाका पूर्व निर्देशकका ९ वर्षीय छोरीको निधन क्यानसरसँग संघर्ष गर्दा भएको छ ।
४९ वर्षिय एनरिकले आफ्नो छोरी जानाले पाँच महिनासम्म हड्डीको क्यानसर विरुद्ध संघर्ष गर्दै बिहिबार मध्यान्हतिर मृत्यु भएको स्पष्टीकरण दिए ।
उनले आफ्नो ट्विटर स्टाटसमा “विश्राम गर प्रिय जाना” भनेर लेखेको पाइन्छ । आफ्नो छोरी एकदम धेरै याद आइरहने र हरेक दिन याद गर्ने बाचा गरी भविष्यमा फेरि भेट्ने कामना गरी लेखेका छन् ।
स्पेनका प्रधान मन्त्री पेड्रो संखेजले पनि ट्विटरमा जानाको विषयमा लेख्दै एनरिक र उनको परिवारलाई श्रद्धाञ्जली व्यक्त गरेको पाइन्छ ।
एनरिक आफ्नो खेलकुदको दौडानमा रियाल म्याड्रिड र बार्सलोनाको तर्फबाट खेलेका थिए र स्पेनको निर्देशक पदबाट ज्यानवरी ११ मा बाहिर निस्केका थिए ।