काठमाडौं, भदौ २५ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ । सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको कोषले जनाएको हो ।
कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको जनाइएको छ ।
भदौ २५ गतेसम्ममा ४७९० रोजगारदाता सूचीकृत हुँदा ५० हजार १४० श्रमिक सूचीकृत भइसकेको जनाइएको छ ।