काठमाडौं १ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ । राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुने सम्भावना देखाउँदै प्रमाणीकरण नगरिकन फिर्ता गरेकी थिइन् ।
सरकारीबाहेकका काममा विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न सक्ने गरी प्रतिनिधिसभाबाट विधेयकमा गरिएको संशोधनमा राष्ट्रियसभाले कुनै फेरबदल गरेको छैन ।
राष्ट्रपति निकट स्रोतअनुसार कूटनीतिक राहदानीमा प्रयोग गरिएको खुकुलोपनाले दुरुपयोग बढाउन सक्नेतर्फ राष्ट्रपतिको ध्यानाकर्षण भएको थियो । कान्तिपुरबाट