Logo

लोकमानको पालाका ‘गुप्तचर’हरु अझै अख्तियारमा



काठमाडौं २२ मंसिर । राष्ट्रिय अनुसन्धान मातहतका कार्यालयका सबै कर्मचारी दुई/दुई बर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु अहिलेसम्म गएका छैनन् ।

उनीहरु अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ ।

‘कर्मचारीलाई राहत होस भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/ ६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्तचरभित्र आचार संहिता नै बनाइएको छ’,स्रोतले भन्यो–‘तर चिफ सापहरुसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन । यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’

आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरु पठाउने चलन छ । -नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्