Logo

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संकलन



सिन्धुपाल्चोक, साउन २ । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सकंलन भएको छ ।

सो आर्थिक वर्षमा राजश्व संकलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए।

कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्