Logo

फान्सेली प्रतिनिधि र सभामुख सापकोटाबीच भेटवार्ता (फोटोफिचर)



काठमाडौं, २५ फागुन । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार सभामुख अग्नी सापकोटासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारम प्रधानमन्त्री देउवासँगको भेट लगतै उक्त टोली सभामुख सापकोटालाई भेट्न पुगेको थियो ।

भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताएको छ । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।

उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्