Logo

टी–२० वरीयतामा कुशलको स्थान पुनः सुधार



काठमाडौं, २५ फागुन । आईसीसी टी–ट्वान्टी वरीयतामा कुशल भुर्तेलको स्थान पुनः सुधार भएको छ ।

आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार ब्याटिङतर्फ कुशल दुई स्थानमाथि उक्लदै २९औं स्थानमा पुगेका छन् ।

उनी यस अघि ३१औं स्थानमा रहेका थिए । बलिङतर्फ अविनाश बोहरा ८२ औं स्थानबाट एक स्थान माथि उक्लीदै ८१औं स्थानमा पुगेका छन् ।

यस्तै ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी भने ५१औं स्थानमा यथावत रहेका छन् ।

साथै, बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछाने एक स्थान तल झरेका छन् ।

३६औं स्थानमा रहेका सन्दीप ३७औं स्थानमा झरेका छन् ।



प्रतिक्रिया दिनुहोस्