Logo

तरुण दल केन्द्रीय तदर्थ समितिको सचिवमा पोखरेलको चर्चा



काठमाडौं, २८ फागुन । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले सबै भातृ संगठनहरु भङ्ग गरि तदर्थ समिति गठन गर्ने निर्णय गरिसकेको छ ।

यसै क्रममा पदाधिकारी देखि सदस्यसम्मको लागि युवा नेताहरुको होड्बाजी चलेको छ । नेबिसंघमा ३२ वर्षीय उमेर हद छ भने तरुण दलमा ४५ बर्ष कायम गरेको छ ।

तरुण दलमा निकै लामो समय वडा तह देखि क्षेत्र सम्म सक्रिय भएर देशै भरिको तरुणहरुमा चिर परिचित नाम हो दिपेन्द्र पोखरेल । उनी काठमाडौ क्षेत्र न .२ को तरुन दल क्षेत्रीय सदस्य हुन् । बेला बेलामा मिडियामा तार्किक अन्तर्वार्ता दिने पोख्रेल अहिले राजनीती बृत्तमा निकै चर्चित छन् । पोख्रेल तरुण दल केन्द्रिय तदर्थ समितिको सचिबको लागि चर्चामा छन् ।

नेपाल तरूण दलको विधान, २०१०, २०५५, २०५८, २०६१, २०६४ र २०६९ मा संशोधन र परिमार्जित को परिच्छेद ६ को दफा २३ को उपदफा ११ बमोजिम केन्द्रीय अध्यक्षले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट दुुई सचिव मनोनित गर्नेछन भनिएको छ । त्यहि एक पदमा पोख्रेलको सम्भावना बलियो बनेर गएको हो । तरुण दलको काम कार्वाहीमा पोख्त पोख्रेल उक्त पदमा उपयुक्त व्यक्ति भनेर चर्चा चल्न थालेको छ । बिधान अनुसार पहिला केन्द्रिय सदस्य भएपछी मात्र उनको लागि यो बाटो खुल्नेछ ।



प्रतिक्रिया दिनुहोस्