Logo

बागमती प्रदेशसभाको बैठक बस्दै



मकवानपुर, २९ फागुन । बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । यसअघि पटक–पटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएकोे उनको भनाइ थियो । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्ने छ ।

नेकपा (एमाले)को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको बैठक यसअघि पटक–पटक मिति तय भए पनि बस्न सकेको थिएन । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभामा हाल १०९ सदस्य छन् । तीमध्ये नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई, जसपाका एक सांसद छन् । रासस



प्रतिक्रिया दिनुहोस्