Logo

स्पेनिस ला लिगाः मालोर्कामाथि रियलको सहज जित



काठमाडौं, १ चैत । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि शानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७७औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८२औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए ।

यस जितसँगै रियलले २८ खेलमा ६६ अंक जोडेको छ भने मालोर्का २६ अंकका साथ १६औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्