Logo

यमनमा खाद्यान्न सहयोगका लागि आह्वान



सिन्ह्वा, १ चैत । केही वर्षयतादेखि द्धन्द्धमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताहरुको खाँचो हुदै गएको सम्बद्ध निकायहरुले बताएका छन् । ती निकायहरुका अनुसार यहाँका नागरिक खाद्यान्न अभावमा परेका छन् । पहिलेका वर्षहरुका तुलनामा खाद्यान्नको अभावमा परेका यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको पनि बताइएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले यहाँका नागरिकका लागि अब खाद्यान्न नरहेको भन्दै तत्कालै आवश्यकता पूर्ति गर्नुपर्ने बताएको छ । केही हप्तामात्र अघि पनि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले खाद्यान्न तथा आवश्यक पोषणका अभावमा यहाँका बालबालिका विरामी पर्न थालेका भन्दै आवश्यक सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।

यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या लाखौँ हुने बताइएको छ । खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई चिन्ताजनक भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सबैसँग आह्ववान गरेका छन् ।

द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएकोमा पछिल्लो समयमा रुस र युक्रेनको द्धन्द्धका कारण पनि पुनः यहाँका नागरिकमा यस्तो संकट बढ्नसक्ने भन्दै सहयोगका लागि उनले आग्रह गरेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्