Logo

राष्ट्रपति भण्डारी र साउदी विदेशमन्त्री अल साउदबीच शिष्टाचार भेटवार्ता



काठमाडौं, १ चैत । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको दुई दिने भ्रमणका क्रममा रहेका विदेशमन्त्री साउदले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

विदेशमन्त्री साउद सोमबार साँझ नेपाल आएका थिए ।



प्रतिक्रिया दिनुहोस्