Logo

क्रिप्टो, हाइपर, नेटवर्किङ र वेटिङसँग सम्बन्धीत वेबसाइट बन्द गर्न प्राधिकरणको निर्देशन



काठमाडौ, १ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, नेटवर्किङ, अनलाइन जुवा, वेटिङ जस्ता वेबसाइट बन्द गर्न निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलवार पत्र लेख्दै यस्ता खालका वेबसाइट र एप्लीकेसन बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्नुका साथै, सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध गरेर कालोसूचीमा राख्न निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्