Logo

लिग टु अन्तर्गत नेपाल आज पीएनजीसँग खेल्दै



काठमाडौं, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज (बुधबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।
खेल युएईको सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

आज दुबै टोली सुखद सुरुवात गर्न लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

यसअघिको इतिहास हेर्दा नेपालले पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको थियो जसमा दुबै खेलमा नेपालले जित निकालेको छ ।

लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । पीएनजी १३ खेल खेल्दै अंक बिहिन रहँदै तालिकाको पुछारमा रहेको छ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्