Logo

पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट



काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीसँग टस हारेर वलिङ गर्दैछ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि कप्तान सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन् ।

नेपालका लागी आरिफ सेखले ९.४ ओभरमा पहिलो विकेट लिएका थिए ।

पीएजीले १३औं ओभरमा दुई विकेटको नोक्सानीमा ५५ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्