![](https://reportersnepal.com/wp-content/uploads/2022/03/Nepal-cric.jpg)
काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ ।
शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले चौथो विकेट निकालेको छ । पीएनजीका हिरीहिरीलाई दिपेन्द्र सिंह ऐरीले रनआउट बनाए ।
पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेट कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए ।
पीएनजीले २७औं ओभरमा ४ विकेटको नोक्सानीमा ९५ रन बनाएको छ ।