काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ ।
शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले तिन विकेट निकाले । उनले एकै ओभरमा दुई विकेट लिएका हुन् ।
पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए ।
पीएनजीले ४९औं ओभरमा ७ विकेटको नोक्सानीमा १९६ रन बनाएको छ ।