Logo

मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण (फोटोफिचर)



भक्तपुर, ४ चैत । सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गरेकी छिन् ।

सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वषौंदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताइन् । भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिइन् । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताइन् । सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उनले उल्लेख गरिन् । रासस÷ तस्विरः मुकुन्द कालीकोटे रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्