Logo

कामको समानुपातिक वितरणलाई कडारुपमा कार्यान्वयन गराउँछुः रवी सिंह (भिडियोसहित)



काठमाडौं, ६ चैत । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवी सिंहले कामको समानुपातिक वितरणको एजेण्डाले आफु दोस्रो पटक अध्यक्षमा विजय भएको भन्दै उक्त एजेण्डालाई कडारुपमा कार्यान्वयन गर्ने दाबी गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले बुटवलमा लुम्बिनी प्रादेशीक अस्पतालको नयाँ भवन निर्माणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउँदै उक्त ठेक्का रद्द हुनुपर्ने बताए ।

‘त्यो टेन्डर सार्वजनिक खरिद ऐनको विपरित रहेको छ । त्यसलाई सरलिकरण गर्नुपर्छ,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्