Logo

क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै नायिका कार्कीले दिइन् उजुरी



काठमाडौं, ६ चैत । नायिका प्रियंका कार्कीले क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।

उनले केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै आइतबार उजुरी दिएकी हुन् ।

उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्