Logo

पीएनजीले नेपाललाई दियो १७४ रन चुनौती



काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको चुनौती दिएको छ ।

दुबई क्रिकेट रंगशालामा भएको खेलमा नेपालले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएको थियो । पीएजीले निधारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा १७३ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामीछानेले समान दुई÷दुई विकेट लिए । यस्तै, पवन सर्राफ, आरिफ शेख, करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक÷एक विकेट लिए ।

आज दुबै टोलीले जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्