Logo

ग्रीन भेन्चर्सको आइपीओमा कतिले दिए आवेदन ?



काठमाडौं, १० चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा बिहिबार बिहानसम्म १३ लाख ६८ हजार जनाले आवेदन भरेका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बिहान सम्ममा १३ लाख ६८ हजार २६८ जना आवेदकहरुले १ करोड ६८ लाख ५० हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५.८६ गुणा बढी हो ।

ग्रीन भन्चर्सले चैत ८ गतेबाट सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।

यस आइपीओमा शुक्रबार (चैत ११ गते) सम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्