Logo

पीएनजीविरुद्ध दिपेन्द्रको सतक



काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

जारी खेलमा नेपालले ३२औं ओभरमा ४ विकेटको नोक्सानीमा १४२ रन बनाएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सतक पुरा गरेका छन् । उनले १४० बलमा १०५ रन बनाएका हुन् ।

उनी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

यस्तै, देव खनालले अर्धसतक पुरा गरे । देवले ४ चौका र तिन छक्काको मद्दतमा ७२ रनमा पविलियन फर्किए ।



प्रतिक्रिया दिनुहोस्