Logo

एकदिवसीय अन्तराष्ट्रियमा सन्दीपको ५० विकेट पुरा



काठमाडौं, १२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन्दीपले जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा २२ खेलमा ५० विकेट पुरा गरेका हुन् ।

साथै, सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो खेलाडी समेत बनेका छन् ।

नेपाल र पीएजीबीचको खेल अहिले जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्