Logo

‘बी’ डिभिजन लिगः झम्सिखेलमाथि रानीपोखरीको जित



काठमाडौं, १३ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले झम्सिखेल युथ क्लबमाथि जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सादोबाटोमा आइतबार भएको खेलमा आरसिटीले झम्सिखेल युथ क्लबमाथि ३–० को सहज जित निकालेको हो ।

खेलको १७औं मिनेटमा उदब खत्रीले गोल गर्दै आरसिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा विश्वास थापा मगरले गोल गर्दै आरसिटीको अग्रता दोब्बर बनाए ।

साथै, खेलको ४६औं मिनेटमा प्रज्वल गुरुङले गोल गर्दै आरसिटीलाई ३–० को जित दिलाए ।

जितसँगै आरसिटीले ९ खेलमा १५ अंक जोडेको छ भने झम्सिखेलले ६ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्