Logo

भारतीय विदेशमन्त्री जयशंकर श्रीलङ्का भ्रमणमा



कोलम्बो, १४ चैत । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का भ्रमणमा गएका छन् ।

श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका हुन् ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाई छ ।

विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गरेका हुन् । उनी यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहेका छन् । मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्