Logo

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट



काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई १८४ रनको चुनौति दिएको छ । खेलको दोस्रो ओभरमै नेपालले पहिलो सफलता निकालेको हो ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ४३ रनको योगदान दिए ।

यस्तै, रोहितले २६ बलमा ३४ रन जोडे भने कुशल भुर्तेल ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे । यस्तै, आरिफ सेखले ३१ रन जोडे ।



प्रतिक्रिया दिनुहोस्