Logo

त्रिकोणात्मक टी–२० सिरिजः मलेसियाविरुद्ध पीएनजी आठ रनले पराजित



काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले पराजित गरेको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८१ रन लक्ष्य दिएको थियो ।

लक्ष्य भेटाउने क्रममा पीएनजीले १९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि टोनि उराले सर्वाधिक ५६ रन बनाए । यस्तै, नर्मान भानुएले ४५ रनको जोडे ।

मलेसियाका लागि सार्भिन मुनाइन्डीले सर्वाधिक ४ विकेट लिए । साथै पानन्दीप सिंह र महोमद्द वाफिक्यु समान तिन÷तिन विकेट हात पारे ।

मलेसियाका लागि कप्तान अहमद फाईजले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने विरन्दिप सिंहले ५९ रनको योगदान दिए ।

यस्तै साएद अजिज ४७ रन बनाए ।

पीएनजीका नोर्मन भानुवाले सर्वाधिक दुई तथा नोसेन पोकानाले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्