काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
खेलको सातौं ओभरमा नेपालले कुशल भुर्तेललाई गुमाएको हो । कुशलले २० बलमा १७ रन बनाए ।
खेलको नौंवौं ओभरमा नेपाल एक विकेटको नोक्सानीमा ६६ रन बनाए ।
नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ ।
आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ ।