Logo

पीएनजीविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए विकेट



काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

खेलको १२औं ओभरमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन् ।

यसअघि करण केसीले दुई विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २०४ रनको चुनौती दिएको छ ।

पीएनजीले १२औं ओभरमा तिन विकेटको नोक्सानीमा ९८ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्