Logo

सन्दीपको राष्ट्रप्रेम



काठमाडौं, १८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामीछानेले सामाजिक सञ्जालमा एक तस्विर सार्वजनिक गरेका छन् ।

जहाँ उनले नेपाली टिमको जर्सीमा छातीमा हात राखेर राष्ट्रप्रेम झल्काएका छन् । उनले शुक्रबार केहि समय अघिमात्र सामाजिक सञ्जालमा उक्त तस्विर सार्वजनिक गरेका हुन् ।

साथै, उनले क्याप्सनमा नेपालको राष्ट्रगानको केहि अंश लेखेका छन् ।

उनले लेखेका छन्,‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।’



प्रतिक्रिया दिनुहोस्