Logo

फिफा विश्वकपको ‘ड्र’ आज हुँदै, कुन–कुन देश सहभागी ?



काठमाडौं, १८ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको ‘ड्र’ आज शुक्रबार हुँदैछ ।

कतारमा आज हुने एक कार्यक्रमका बीच ‘ड्र’ सार्वजनिक गरिने फिफाले जनाएको छ । ड्र नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

विश्वकप फुटबलमा अहिलेसम्म २९ देशको छनोट भइसकेका छन् । कतारमा यसै वर्ष आयोजना हुने विश्वकपमा अन्तर महादेशको प्ले अफबाट छानिने २ र यूरोपको प्ले अफबाट छानिने १ देशको मात्र टुंगो लाग्न बाँकी छ ।यूरोपबाट १२, अफ्रिकाबाट ५, एशिया प्यासिफिकबाट आयोजक कतारसहित ५, दक्षिण अमेरिकाबाट ४ र उत्तर अमेरिकाबाट ३ देशले कतारको यात्रा निश्चित गरिसकेका छन् । प्ले अफ खेल्ने देशहरुको पनि अन्तिम टुंगो लागिसकेको छ ।

एशिया प्यासिफिकबाट अष्ट्रेलिया र युएइबीच प्ले अफ हुनेछ । प्ले अफको विजेता देशले दक्षिण अमेरिकी प्ले अफमा छनोट भएको टोली पेरुसँग अन्तिम प्ले अफ खेल्नेछ । उत्तर अमेरिकाबाट कोस्टारिकाले ओसेनियाको प्ले अफबाट लागि छानिने टोलीसँग निर्णायक प्ले अफ खेल्नेछ ।

विश्वकपमा छनोट भएका देशहरु

अफ्रिका
क्यामरुन, सेनेगल, ट्युनिसिया, मोरक्को र घाना
एशिया
कतार, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र इरान। प्ले अफमा अष्ट्रेलिया र युएई छनोट
यूरोप
जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, पोल्यान्ड । प्ले अफमा वेल्ससँग स्कटल्यान्ड वा युक्रेनको प्रतिष्पर्धा हुने
दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, इक्वेडर, उरुग्वे । पेरुले एशिया प्यासिफिकबाट अष्ट्रेलिया वा युएईमध्ये एकसँग प्ले अफ खेल्ने ।
उत्तर अमेरिका
क्यानडा, मेक्सिको, अमेरिका । कोस्टा रिकाले ओसेनियाको छनोटमा शिर्ष स्थानको टोलीसँग प्ले अफ खेल्ने



प्रतिक्रिया दिनुहोस्