Logo

टी–२० सिरिजः मलेसियाले पीएनजीलाई दियो एक सय ९७ रनको लक्ष्य



काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो ।

मलेसियाका कप्तान अहमद फैजले ४३ बलमा ५ बलमा चौका र ३ छक्कासहित ६३ रनको योगदान दिए ।

ओपनर विरनदीपसिंह १५ बलमा १ चौकासहित १० रनमा आउट भए । ओपनर जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । पपुवा न्युगिनीका काबुआ मोरेआले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्