Logo

पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीएको प्रधानमन्त्री खानको भनाइ



इस्लामावाद, १८ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् र

बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको बताए । “यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,” उनले भने ।

मीर सादिक मैसूरका टिपू सुल्तानका मन्त्री थिए । सन् १७९८–९९ मा भएको चौथो एङ्लोे–मैसूर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपु सुल्तानलाई धोका दिई बेलायतको विजयका लागि बाटो खोलेका थिए । त्यस्तै मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको अधीनमा बङ्गाल सेनाको कमान्डरको रूपमा सेवा गरे र प्लासीको युद्धको दौडान उनलाई धोका दिए । यसले भारतमा ब्रिटिश शासनको लागि बाटो खोलिदियो ।

प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, “विदेशी षडयन्त्रद्वारा तपाइहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन् ।”

पाकिस्तानी विपक्षी दलहरू, जसले अहिले पाकिस्तानी संसदमा प्रधानमन्त्री खानविरूद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका छन्, उनीहरुले बिदेशीको इशारामा राष्ट्रलाई बर्बाद गरेको उनको आरोप थियो ।
षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोच भन्दै उनले भने, “म तपाईहरूलाई भन्न चाहन्छु कि म अन्तसम्मै लड्दैछु । मेरो राजनीतिमा आफन्तहरू छैनन्, ममा उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरु छैनन् । यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ ।”

उनले विपक्षीहरूलाई लक्षित गर्दै भने, “मैले राष्ट्रलाई बर्बाद गरेको यो नाटक उहाँहरूले किन गरिरहेका छन् ? के ३.५ वर्षमा देश बर्बाद भयो त ? म तपाईंहरूलाई चुनौती दिन्छु कि ३.५ वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन । यो आइतवार मत परिणाम कस्तो आउनेछ ? देशले कुन दिशा लिनेछ ?”

“म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौं । स्वतन्त्र देशको लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन तर देश आफैे विरुद्ध पनि हो ।”

उनले भने, विदेशी मुलुकलाई सारिनुभन्दा अघि पनि अविश्वास प्रस्तावबारे चर्चा थियो र “उनीहरु (विपक्षी) दलहरुसँग उनीहरुको सम्बन्ध थियो ।” उहाँले यो विरोध वर्तमान् पाकिस्तान सरकारविरुद्धभन्दा पनि इमरान खानविरुद्ध भएको दावी गरे । उहाँले विपक्षी नेताहरूलाई विदेशीहरूको विश्वास पात्र बढी र पाकिस्तानी नागरिक कम भएको भन्दै व्यङ्ग्य गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्