Logo

अनिता र प्रवीणको ‘लैजाऊ लैजाऊ’ सार्वजनिक



काठमाडौं, २२ चैत । गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । चलाउने र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो गत आइतबार सार्वजनिक गरिएको हो ।

नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको उक्त भिडियोमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी तथा नायक आकाश श्रेष्ठ र नायिका रुबिना थापालगायत थुप्रै चर्चित कलाकारको अभिनय रहेको उक्त भिडियोमा गीतको छायाङ्कन मानकृष्ण महर्जन र सम्पादन बान्दै प्रसादले गरेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्