Logo

बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?



काठमाडौं, २२ चैत । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा माग गरेको भन्दा १५.७६ गुणा बढी आवेदन परेका छ ।

सीडीएसका अनुसार २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सँगै बलेफी हाइड्रोपावरको आइपीओ बसेका २१ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्