Logo

चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा



काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातलाई थप सहज बनाउने बताएका छन् ।

आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको बताए ।

साथै, उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको भन्दै बन्दरगाहले व्यापारलाई सहजीकरण गर्नुका साथै पारदर्शी बनाउने विश्वास व्यक्त गरे ।

२०७५ सालबाट निर्माण कार्य सुरु गरिएको सुख्खा बन्दरगाह विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्