Logo

हेटौडा सिमेन्टको महाप्रबन्धकमा पाण्डे नियुक्त



काठमाडौं, २५ चैत । हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डे नियुक्त भएका छन् ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले पाण्डेलाई हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

साथै, बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ ।

सरकारले अमलेखगञ्ज सवस्टेशनका लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने, पश्चिम सेती कोरिडोर ४०० केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र लाटिनाथ ३३ केभी प्रसारण लाइन तथा सवस्टेशनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्नेसमेत निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्