Logo

बास्कोटाको टिप्पणी– माओवादीबाट जवाफदेहिताको माग गर्नु नै प्रतिक्रान्तिकारी कुरा हो



काठमाडौं, २६ चैत । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले गभर्नर निलम्बन प्रकरणमा टिप्पणी गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न सोझिएपछि आफैले राजिनामा दिनुको साटो गभर्नरलाई निलम्बन गरेको आरोप लगाएका छन् ।

साथै, उनले माओवादीबाट जवाफ देहिताको माग गर्नु नै प्रतिक्रान्तिकारी कुरा भएको बताएका छन् । Filephoto

उनले लेखेका छन्, ‘प्रश्न अर्थमन्त्रीमाथि सोझिए पछि आफुले राजीनामा दिनु पर्ने हो न कि गभर्नरको निलम्बन।तर माओवादी बाट जवाफ देहिताको माग गर्नु नै प्रतिक्रान्तीकारी कुरा हो । किन वाहियात बहस गरी राख्या होलान । छक्क पर्दो कुरा।’



प्रतिक्रिया दिनुहोस्