Logo

मुलुकलाई श्रीलंका बनाउन रोक्छु भन्ने सरकारको मनोगत दाबीको कुनै अर्थ छैन्ः विष्णु पौडेल



काठमाडौं, २७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । साथै, उनले आवश्यक सकारात्मक कदम नचालेर प्रधानमन्त्री देखि मन्त्रीसम्मले मुलुकलाई श्रीलंका बनाउन रोक्छु भन्ने मनोगत दाबीको कुनै अर्थ नरहने बताए ।

मुलुकको विद्यमान आर्थिक अवस्थाका बारेमा नेकपा (एमाले)का पूर्वअर्थमन्त्रीहरुले काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले सरकारले अर्थतन्त्रलाई नकारात्मक दिशा तर्फ जान अनुकल हुने काम गरेको आरोप लगाए । ‘यो निति र यो कदमका नतिजामा मुलुकको आर्थिक अवश्था क्रमश बिग्रीदै जानेछ । संकट उन्मूख हुँदे जानेछ,’ उनले भने ।

साथै, उनले यस्तै अवस्ता रहे मुलुकको अर्थतन्त्र धान्नै नसक्ने अवस्तामा पुग्ने सक्ने जोखिम रहेको धारणा राखे । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्