Logo

आठ सयले बढ्यो सुनको मूल्य



काठमाडौं, २९ चैत । मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १३८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३६५ रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्