Logo

आईपीएलः पहिलो जितको खोजिमा चेन्नई आज बैंगलोरसँग भिड्दै



काठमाडौं, २९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।

मुम्बईको नावीमा हुने खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । नेपाली समय अनुसार खेल ८ बजे सुरु हुनेछ ।

चार खेलमा लगातार चार हार व्यहोरेको चेन्नई आज पहिलो जितको खोजिमा रहनेछ ।

चेन्नई अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ ।

यस्तै, चार खेलमा ३ जित र एक हार सँगै बैंगलोर चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्