Logo

आईपीएलमा आज मुम्बई र पन्जाब भिड्दै



काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ ।

पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।

चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ ।

पन्जाब भने आज तेस्रो जितको खोजीमा रहेको छ ।

पन्जाबले ४ खेलमा ४ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्