जनकपुर, ३ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्नसक्ने बताएका छन् ।
जनकपुरमा आयोजना गरिएको निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् ।
निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले आचारसंहितालाई सामान्य रूपमा नलिन राजनीतिक दललाई उनले आग्रह गरे ।
यस्तै, उनले निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट सजग हुन आग्रह गरेका थिए ।
निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनले बताए ।