Logo

प्रि– ओपनमा ३.३३ अंकले बढ्यो नेप्से



काठमाडौं, ६ वैशाख । साताको कारोबारको तेस्रो दिन मंगलवार प्रि– ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव ३३ अंकले बढेको छ ।

प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ३४७ दशमलव २० विन्दुमा रहेको छ । उक्त अवधिमा कारोबारमा आएका १६ ओटा कम्पनीको रू.२ लाख १० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ९० हजार बराबरको शेयर खरीदविक्री भएको हो । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ४१ दशमलव ७७ अंक घटेर २ हजार ३४३ दशमलव ७ विन्दुमा बन्द भएको थियो ।



प्रतिक्रिया दिनुहोस्