Logo

पौडेलको टिप्पणी – गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्



काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेपाल नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् ।

नेविसंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताएका छन् ।

उनले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए ।

‘यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो,’ उनले भने ।

यस्तै, उनले गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेको टिप्पणी गरे । ओलीले जस्ता पनि व्यक्तिहरूलाई गठबन्धनमा हातेमालो गर्न लागिरहेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्